कारागारबाट भागेका लागुऔषध मुद्दाका कैदी पक्राउ

  • कालिका खवर
  • बुधबार, पुस ३०, २०८२
  • काठमाडौँ । सिन्धुली कारागारबाट भागेका एकजना कैदीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुधौली नगरपालिका वडा नम्बर ४ सिन्धुली घर भएका ३७ वर्षीय लाल बाबु अधिकारी छन् । लागुऔषध खैरो हेरोइन मुद्दामा पुर्पक्षमा रहेका उनी कारागारबाट भागेका थिए ।

    उनलाई इलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी सुर्य प्रकाश सुवेदीले बताए । बुधवार उनलाई पक्राउ गरेर गरेर प्रहरीले कारागार पठाउने तयारी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar