बालेनलाई सबैभन्दा बढी भोट एमालेले नै हाल्नेछन् : मिलन पाण्डे

  • कालिका खवर
  • बुधबार, पुस ३०, २०८२
  • काठमाडौँ । वैकल्पिक शक्तिको वकालत गर्दै आएका युवा नेता मिलन पाण्डेले काठमाडौँका मेयर बालेन शाहले झापा क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने निर्णयको बचाउ गरेका छन्। उनले सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै सुरुमा बालेनको यो निर्णय गलत लागे पनि अहिले विश्लेषण गर्दा सही लागेको बताएका हुन्।

    पाण्डेले २०७९ को चुनावमा रवि लामिछानेले चितवनबाट जितेर नयाँ राजनीतिलाई काठमाडौँ बाहिर पुर्‍याएको उदाहरण दिँदै बालेनको कदमलाई पनि सोही रूपमा अर्थ्याएका छन्। पाण्डेका अनुसार बालेनले यसअघि नै काठमाडौंमा कांग्रेस र एमालेलाई हराएर स्वतन्त्र नेतृत्व स्थापित गरिसकेका छन्।

    उनले यो निर्वाचन जेनजी आन्दोलनको नतिजा भएको उल्लेख गरेका छन्। बालेनले आन्दोलनको एजेन्डालाई समर्थन गरेको र एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यसको विरोध गरेकाले झापा-५ को प्रतिस्पर्धा चुनाव मात्र नभई जनमत सङ्ग्रह नै हुने उनको तर्क छ।

    पाण्डेले झापामा बालेनले शानदार रूपमा जित्ने दाबी समेत गरेका छन्। उनले बालेनलाई सबैभन्दा बढी भोट एमालेका कार्यकर्ताले नै हाल्ने जिकिर गरेका छन्। ओलीबाट सबैभन्दा पीडित नै सच्चा एमाले भएको भन्दै उनले उनीहरूको मत बालेनले पाउने विश्लेषण गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar