गोदावरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

  • कालिका खवर
  • सोमवार, पुस २८, २०८२
  • काठमाडौँ : ललितपुरको गोदावरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। गोदावरी नगरपालिका– ९ छम्पी थापागामा शनिबार बागमती प्रदेश ०२–०२० प ५३२० नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो।

    दुर्घटनामा मोटरसाइकल चालक ललितपुर महानगरपालिका– २१ खोकना बस्ने ४० वर्षीय राजीव सेन ठकुरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का एकजनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar