कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित

  • कालिका खवर
  • शनिबार, पुस २६, २०८२
  • काठमाडौँ : नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको शनिबार (आज) हुने पदयात्रा लगायतका कार्यक्रम स्थगित गरिएको छ । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य होमनाथ दाहालको सम्मानमा पदयात्रा लगायतका कार्यक्रम स्थगित गरिएको हो ।

    शनिबार दोश्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयले एक विज्ञप्ति जारी गर्दै पदयात्रा लगायतका कार्यक्रम स्थगित गरिएको जानकारी दिएको छ । आइतबार हुने विशेष महाधिवेशन समुद्घाटन समारोह भने उनको श्रद्धा र सम्मानका साथ प्रारम्भ गर्ने सचिवालयले जनाएको छ ।

    सचिवालयले दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना समेत प्रकट गरेको छ ।  दाहालको शुक्रबार साँझ निधन भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar