महाधिवेशनले एमालेमा नयाँ ऊर्जा दिएको छ : प्रदीप ज्ञवाली

  • कालिका खवर
  • आइतवार, पुस २०, २०८२
  • गुल्मी, २० पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेता प्रदीप ज्ञवालीले केन्द्रीय महाधिवेशनले पार्टीलाई नयाँ ऊर्जा प्रदान गरेको बताउनुभएको छ । सदरमुकाम तम्घासमा आयोजित पत्रकार सम्मेलनमा उहाँले महाधिवेशनपछिका घटनाक्रममा सबैभन्दा बढी प्रहार एमालेमाथि भएको धारणा व्यक्त गर्नुभएको छ ।

    उहाँले हाल देखिएको प्रतिकूलता क्षणिक भएको उल्लेख गर्दै लोकतन्त्रको पक्षमा उभिएको जनशक्तिले पार्टीलाई थप बलियो बनाएको बताउनुभयो । केन्द्रीय कमिटीमा ४० वर्षमुनिका युवा समावेश हुनु एमालेभित्र पुस्तान्तरणको सकारात्मक सन्देश भएको उहाँको भनाइ छ ।

    उहाँले भिन्न धारबाट आएका नेता तथा कार्यकर्तालाई क्रियाशीलताको मूल्याङ्कन तथा योगदानको कदर गरिने बताउनुभयो । एमाले सिङ्गो देशको लोकतान्त्रिक आन्दोलनका लागि महत्वपूर्ण शक्ति भएको उहाँले दाबी गर्नुभयो । चुनावबाट पन्छिने कल्पना पार्टीले नगरेको स्पष्ट पार्दै उहाँले चुनावका लागि सरकारले उपयुक्त वातावरण बनाउन आवश्यक भएको बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar