दुई महिनाभित्र त्रिभुवन विमानस्थलको सेवा र व्यवस्थापन सुधार्न मन्त्री सिन्हाको निर्देशन

  • कालिका खवर
  • बुधबार, पुस १६, २०८२
  • काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिल कुमार सिन्हाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा र व्यवस्थापनप्रति असन्तुष्टि जनाएका छन् ।

    विमानस्थलबाट यात्राको अनुभव आफूलाई सहज नलागेको भन्दै उनले दुई महिनाभित्र स्पष्ट परिवर्तन देखिने गरी काम गर्न निर्देशन दिएका हुन् ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणको २७औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री सिन्हाले सतही सुधार भए पनि यात्रु र पर्यटकले महसुस गर्ने खालको सुधार नभएको टिप्पणी गरे । ससाना कमजोरीले यात्रु अनुभव बिगारेको भन्दै उनले हवाई सुरक्षा र सेवा सुधारमा तत्काल ध्यान दिन आग्रह गरे ।

    अब बाँकी समयलाई दबाबरहित रूपमा परिणाममुखी काममा प्रयोग गर्न निर्देशन दिँदै उनले एभियसन सेफ्टीमा दुई महिनाभित्र ठोस प्रगति देखिनुपर्ने बताए । उनले भने, ‘यो अवधिमा अब कुनै दबाबविना काम गर्नुस, बाहना नबनाउनुस्, तपाईंलाई चुनौती भयो, दुई महिनामा एभियसन सेफ्टीमा, यो दुई महिना काफी छ, म काम चाहन्छु, तपाईं खटिनुस् ।’

    साथै, प्राधिकरणको लेखा–सम्पत्ति सुरक्षा, कालोसूची समस्या र भैरहवा तथा पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारमा समेत सक्रिय हुन उनले जोड दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar