सातजना सचिवको सरूवा, को कहाँ पुगे ?

  • कालिका खवर
  • सोमवार, पुस १४, २०८२
  • काठमाडौं । सरकारले सातजना सचिवको सरूवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गृह सचिव  रामेश्वर दंगालसहित सातजनाको सरूवा गरेको हो ।

    दंगाललाई तीन महिनामै लोक सेवा आयोगमा सरुवा गरिएको छ । यस्तै, गृह सचिवको जिम्मेवारी भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठलाई दिइएको छ ।

    यसैगरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरी पुष्करलाई उपराष्ट्रपतिको कार्यालयमा, दीपक काफ्लेलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा , युवा तथा खेलकुद मन्त्रालयका सचिव डा.हरि लम्साललाई राष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ भने उपराष्ट्रपति कार्यालयका सचिव लोकनाथ पौडेललाई युवा तथा खेलकुद मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको हो ।

    लोक सेवा आयोगका सचिव किरणराज शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ल्याइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar