कञ्चनपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा मल्ल निर्विरोध

  • कालिका खवर
  • शनिबार, पुस १२, २०८२
  • महेन्द्रनगर (कञ्चनपुर), १२ पुस । कञ्चनपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा दिनेश मल्ल निर्विरोध निर्वाचित हुनुभएको छ । सङ्घको १८ औँ अधिवेशनअन्तर्गत आज वरिष्ठ उपाध्यक्ष रहनुभएका उहाँको अध्यक्षमा एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित हुनुभएको हो ।

    यसअघि व्यवसायी हेमराज जोशीले अध्यक्षमा उम्मेदवारी दिने तयारी गरे पनि अन्तिममा मल्ललाई सर्मथन गर्नुभयो । यसैगरी वरिष्ठ उपाध्यक्षमा दीपेन्द्रप्रकाश साउद, वाणिव्य उपाध्यक्षमा गणेश चटौत, उद्योग उपाध्यक्षमा तेजबहादुर चन्द, महासचिवमा राहुल भट्ट र सचिवमा नरेन्द्रप्रसाद जोशी निर्विरोध निर्वाचित हुनुभएको छ ।

    अन्य पदमा भने निर्वाचन हुने भएको छ । निर्वाचन समितिका अनुसार कोषाध्यक्ष पदमा प्रदीप पाल, सिद्धराज भट्ट र मीनराज भट्टको उम्मेदवारी परेको छ । सदस्यमा पनि १४ जनाको उम्मेदवारी परेको छ । एक पदमा एकभन्दा बढी व्यक्तिको उम्मेदवारी परेपछि अब आगामी पुस १९ गते हुने निर्वाचन हुने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar