बैंकिङ प्रणालीबाट पुनः ४० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

  • कालिका खवर
  • बुधबार, मंसिर २४, २०८२
  • काठमाडाैं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि आज फेरी नेपाल राष्ट्र बैंकले निक्षेप तान्ने भएकाे छ ।

    निक्षेप संकलन उपकरणको माध्यमबाट केन्द्रीय बैंकले २८ दिनका लागि ४० अर्ब रूपैयाँ तान्न लागेकाे हाे ।

    अनलाइन बिडिङ सिस्टममार्फत मंसिर २४ गते दिउँसो २ बजे बोलकबोल हुने निक्षेप संकलन आजै खरिद गरिने केन्द्रीय बैंकले जनाएको छ ।

    इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । निक्षेप संकलनको परिपक्वता वा सावाँ ब्याज भुक्तानी पुस १३ गते हुनेछ।

    निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar