एसवाई प्यानलको शेयर नेप्सेमा सुचीकृत

  • कालिका खवर
  • मङ्लबार, मंसिर २३, २०८२
  • काठमाडौँ । एसवाई प्यानल नेपाल लिमिटेडको शेयर नेप्सेमा सुचीकृत भएको छ । नेप्सेमा सुचीकृत शेयर ‘SYPNL’ नामबाट कारोबार हुने भएका छन् ।

    एसवाइ प्यानल नेपालका एक करोड ३० लाख ८१ हजार ३७१ इकाई आईपीओ शेयर मंगलबार नेप्सेमा सूचीकृत भएको हो । यसमा प्रमोटरहरूले राखेका शेयरहरू र सर्वसाधारणलाई जारी गरिएको सेयर समावेश रहेको छ ।

    एसवाइ प्यानलको पहिलो कारोबारको लागि खुला दायरा १०६.६१ देखि ३१९.८३ सम्म रहेको छ । यदि कम्पनीले नेप्सेसँग सम्झौतामा हस्ताक्षर गरेमा, शेयरहरू भोलिपल्ट दोस्रो बजारमा कारोबार हुनेछन् ।

    कुल एक करोड ३० लाख ८१ हजार ३७१ इकाई शेयरहरू मध्ये १०० रुपैयाँको ४० लाख ७६ हजार १५६ इकाई आईपीओ शेयरहरू १९ कार्तिक, २०८२ देखि २३ कार्तिक, २०८२ सम्म सर्वसाधारणलाई जारी गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar