बेनमार्च हेयर एन्ड ब्युटि स्टुडियो & ट्रेनिङ सेन्टरको नयाँ शाखा नयाँ बानेश्वरमा सञ्चालन

  • कालिका खवर
  • आइतवार, मंसिर १४, २०८२
  • काठमाडौं। काठमाडौंका स्थापित ब्युटी/मेकअप एकेडेमीहरूमध्ये उत्कृष्ट मानिने बेनमार्च हेयर एन्ड ब्युटि स्टुडियो & ट्रेनिङ सेन्टरले नयाँ शाखा नयाँ बानेश्वरमा विस्तार गरेको छ। आधुनिक सुविधा र गुणस्तरीय सेवासहित नयाँ शाखाको औपचारिक उद्घाटन एक विशेष समारोहका बीच सम्पन्न गरिएको हो।

    उद्घाटन समारोहमा मुख्य अतिथि कलाकार रमित ढंगाना, उद्योगी भवानी राणा, प्याब्सनका प्रतिनिधि सहित विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थितिले कार्यक्रमलाई झनै भव्य बनायो।
    बेनमार्च हेयर एन्ड ब्युटि स्टुडियो & ट्रेनिङ सेन्टरले CTEVT Certificate provided Beauty / Makeup / Salon–Academiesका कक्षासमेत संचालन गर्दै आएको छ, जसले व्यावसायिक ब्युटी तथा मेकअप सीप चाहनेहरूमध्ये राम्रो विश्वास कायम गरेको छ।

    नयाँ शाखा काठमाडौंको नयाँ बानेश्वरमा सञ्चालनमा आएपछि सेवाको पहुँच अझै सहज र प्रभावकारी हुने संस्थाले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar