लुम्बिनी लायन्समाथि सुदुरपश्चिम रोयल्सको ७ विकेटको जित

  • कालिका खवर
  • बिहिबार, मंसिर ११, २०८२
  • काठमाडौं, ११ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ७ विकेटले हराएको छ ।

    बिहिबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरको खेलमा १८.२ ओभरको समाप्तीमा १ सय ४३ रनको लक्ष्य पूरा गरेको हो । पहिला ब्याटिङ गरेको लुम्बिनीले १९.४ ओभरमा सबै विकेट गुमाएर १ सय ४३ रनको लक्ष्यदिएको थियो ।

    सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक्लो टोली हो । टोलीले यसअघिका ३ खेलनै जितेको छ । आजको खेलजितेर सुदूरपश्चिम प्ले अफको नजिक पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar