नेपाल राष्ट्र बैंकले १०० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्यायो

  • कालिका खवर
  • बिहिबार, मंसिर ११, २०८२
  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले १०० रुपैयाँ दरको नयाँ बैंक नोट आजदेखि औपचारिक रूपमा चलनचल्तीमा ल्याएको छ। बैंकले सार्वजनिक सूचना जारी गर्दै विशेष सुरक्षा विशेषतायुक्त नयाँ नोट बजारमा प्रवेश गरेको जानकारी दिएको हो।

    साबिककै आकार, रङ तथा डिजाइनलाई आधार मान्दै तयार गरिएको यो नोटमा अब ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट १०० रुपैयाँ तुरुन्त पाइनेछ’ भन्ने प्रतिज्ञा मूलक वाक्यांश समावेश गरिएको छ।

    नोटका बायाँ भागमा सगरमाथाको स्पष्ट चित्र राखिएको छ भने दायाँतर्फ लालीगुराँसको पानी छाप छ। नोटको मध्य भागमा नेपालको नक्सा र अशोक स्तम्भका चित्रहरू समावेश गरिएको छ।

    दृष्टिविहीनहरूलाई नोट पहिचान गर्न सहयोग हुने गरी अशोक स्तम्भ नजिकै एक थुप्रो कालो थोप्ला राखिएको छ। त्यसैगरी बायाँपट्टि अण्डाकार संरचनाभित्र सिल्भर मेटालिकमा मायादेवीको चित्र पनि देखिन्छ।

    सुरक्षाका लागि नोटमा २ मिमी चौडाइको विशेष सुरक्षा धागो राखिएको छ, जसले सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो रङ देखिने सुविधा प्रदान गर्छ।

    नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत छ भने तल्लो भागको बोर्डरमा ‘वि.सं. २०८१’ अंकित सिरिज नम्बर उल्लेख गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar