सेवोनबाट सिटिजन्स सन्तुलित योजना सञ्चालनको अनुमति, १ अर्ब बराबरका म्युचुअल फण्ड इकाई निष्काशन हुने

  • कालिका खवर
  • बुधबार, मंसिर १०, २०८२
  • काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले सिटिजन्स सन्तुलित योजना सञ्चालनका लागि औपचारिक अनुमति प्रदान गरेको छ। सिटिजन्स क्यापिटल लिमिटेडलाई बोर्डले मंसिर ९ गते अनुमति जारी गरेको हो।

    यस अन्तर्गत क्यापिटलले १ अर्ब रुपैयाँ बराबरको म्युचुअल फण्ड इकाई बिक्री गर्नेछ। योजनाअनुसार प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाई निष्काशन गरिनेछ। बोर्डका अनुसार यो योजना बन्दमुखी प्रकृतिको रहनेछ।

    योजना व्यवस्थापकका रूपमा सिटिजन्स क्यापिटल स्वयंले इकाईको निष्काशन र बिक्री व्यवस्थापन दुवै कार्य गर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar