नेक्सजेन म्यानेजमेन्टको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

  • कालिका खवर
  • मङ्लबार, मंसिर ९, २०८२
  • काठमाडौं, ९ मंसिर । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडले सर्वसाधारणका लागि जारी गर्ने १०० रुपैयाँ अंकित दरका १५,००,००० कित्ताले हुन आउने १५,००,००,००० रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

    सेयर निष्काशनका लागि नेक्सजेन म्यानेजमेन्टको तर्फबाट प्रबन्ध सञ्चालक रमेशकुमार भट्टराई तथा सनराइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठका बीच सोमबार द्विपक्षिय सम्झौता पत्रमा हस्ताक्षर गरी निकट भविष्यमा साधारण सेयर निष्काशन गरिने सम्झौता भएको हो ।

    नेक्सजेन म्यानेजमेन्टको हाल अधिकृत पूँजी १०० करोड तथा जारी पूँजी ५० करोड रहेको छ । कम्पनीले स्थापनाको तेस्रो वर्षबाट लगातार छ वर्ष खुद मुनाफा आर्जन गरिरहेको, गत वर्ष नगद लाभांश वितरण गरी यस वर्ष खुद मुनाफा जगेडा कोषमा सारेको र नेटवर्थ सेयरको अंकित मूल्यभन्दा बढी रहेको छ ।

    कम्पनीको अध्यक्षमा पूर्व बैंकर तथा बीमा प्राधिकरणका पूर्वअध्यक्ष देवेन्द्र प्रताप शाह छन् । सम्झौता समारोहमा कम्पनीका शेयरधनी विजयबहादुर शाह र कमल पन्थीको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar