टिम भेञ्चर्स लिमिटेडले २५ लाख कित्ता आईपीओ निष्काशन गर्ने तयारी, सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

  • कालिका खवर
  • सोमवार, मंसिर ८, २०८२
  • काठमाडौँ । टिम भेञ्चर्स लिमिटेडले आफ्नो प्राथमिक शेयर (आईपीओ) सर्वसाधारणमा निष्काशन गर्ने तयारी गरेको छ। यसका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ।

    कम्पनीले कुल २५ लाख १८ हजार कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्ने योजना बनाएको हो। यस सम्बन्धमा २०८२ मंसिर ८ गते काठमाडौंको नक्सालस्थित सिद्धार्थ क्यापिटलको कार्यालयमा औपचारिक सम्झौता सम्पन्न भएको छ।

    सम्झौतापत्रमा टिम भेञ्चर्स लिमिटेडका अध्यक्ष केसांग श्रेष्ठ र सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सन्दीप कार्कीले हस्ताक्षर गरेका छन्।

    सिनामंगल, काठमाडौंमा कार्यालय रहेको टिम भेञ्चर्स लिमिटेड वि.सं. २०७३ मा स्थापना भएको इनभेष्टमेन्ट कम्पनी हो। हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको छ। कम्पनीले ऊर्जा क्षेत्र (हाइड्रोपावर र सोलार), उत्पादन क्षेत्र (माछा दाना, टीएमटी, प्रि–इन्जिनियर्ड बिल्डिङ, स्टिल), कृषि–पूर्वाधार र प्रविधि क्षेत्रमा लगानी गरिसकेको छ।

    भविष्यमा कम्पनीले अन्य लगानी क्षेत्रका अवसरहरू पनि अन्वेषण गर्ने योजना बनाएको छ। कम्पनीको अन्य संचालकहरूमा लोप्साङ श्रेष्ठ, दोर्जे ग्याल्छेन लामा, साङ्गे दिकी शेर्पा र विजय बहादुर श्रेष्ठ रहेका छन् भने प्रमुख कार्यकारी अधिकृतमा तेन्जिङ सोनाम गोन्सार नियुक्त छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar