विशेष महाधिवेशनको विकल्प छैन, नयाँ नेतृत्वसहित पार्टी चुनाव लड्छ : गगन थापा

  • कालिका खवर
  • सोमवार, मंसिर ८, २०८२
  • काठमाडौं, ८ मंसिर । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नयाँ नेतृत्वसहित पार्टी चुनाव लड्ने बताएका छन् । थापाले आगामी निर्वाचनमा पार्टीले नयाँ सभापतिको नेतृत्व तथा हस्ताक्षरसहित चुनाव लड्ने स्पष्ट पारेका हुन् ।

    सामाजिक सञ्जालमार्फत प्रतिक्रिया व्यक्त गर्दै उनले वर्तमान सभापतिबाट नभई विशेष महाधिवेशनबाट छानिने नयाँ नेतृत्वकै हस्ताक्षरमा सबै औपचारिकता निर्वाचन आयोगमा पुग्ने दाबी गरेका छन् ।

    थापाका अनुसार, विधानअनुसार निर्धारित समयभित्रै विशेष महाधिवेशन आयोजना गरेर नयाँ सभापति चयन गर्नेबाहेक कांग्रेससँग अब ‘कुनै विकल्प बाँकी छैन’।

    उनले लेखेका छन्, “निर्वाचनअघि नै महाधिवेशन आवश्यक छ भनेर हामीले भनि आएको यही कारण हो। निर्णय सच्च्याएर नयाँ सभापतिको हस्ताक्षरमै पार्टी चुनावमा जान्छ।”

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar