पाथिभरा माताको दर्शन गर्दै हेर्नुहोस आजको राशिफल

  • कालिका खवर
  • शुक्रबार, मंसिर ५, २०८२
  • काठमाडौं । आजको दिन ग्रह-नक्षत्रको चाल अनुसार विभिन्न राशि फलादेश फरक–फरक रहनेछ । आफ्नो राशिअनुसार आजको दिन कसरी बित्नेछ भन्ने सामान्य अनुमान यहाँ प्रस्तुत गरिएको छ ।

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    आज पारिवारिक वातावरण सुखद रहन्छ। नयाँ काम सुरु गर्ने योजना बन्न सक्छ। आर्थिक पक्ष सामान्य रूपमा सन्तोषजनक देखिन्छ।

    वृष (इ, उ, ए, ओ, वा, वि, wu, वे, वो)
    दैनिक काममा केही चुनौती आए पनि धैर्यले सबै समाधान हुनेछ। साझेदारीको काममा लाभ मिल्ने सम्भावना छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    सामाजिक काममा सक्रियता बढ्नेछ। नयाँ मान्छेसँग परिचय बढ्न सक्छ। स्वास्थ्यमा सामान्य उतार–चढाव देखिन सक्छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    भावनात्मक पक्ष बलियो रहनेछ। पारिवारिक जिम्मेवारी बढ्नेछ। ख्याल नगरे खर्च बढ्न सक्छ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    आत्मविश्वास उच्च रहनेछ। अधुरो काम पूरा हुनेछन्। पद–प्रतिष्ठामा वृद्धि हुने योग छ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    काममा धेरै व्यस्तता रहनेछ। बौद्धिक क्षेत्रमा प्रगति हुनेछ। साना विवादहरू टाढा राख्नु राम्रो हुन्छ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    वित्तीय पक्ष सबल बन्छ। घर–परिवारमा खुसी छाउनेछ। प्रेम सम्बन्धमा सहजता आउनेछ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    काम–कारोबारमा सुधार आउनेछ। तर, अनावश्यक यात्रा टार्नु राम्रो। स्वास्थ्य प्रतिको ध्यान आवश्यक छ।

    धनु (ये, यो, भ, भि, भू, ध, फा, ढ, भे)
    शुभ समाचार सुन्न मिल्न सक्छ। दाम्पत्य सम्बन्धमा मिठास बढ्नेछ। आर्थिक योजनामा सफलता मिल्नेछ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, ग, गि)
    पुराना काम पुनः सुरु हुन सक्छन्। सामाजिक सम्मान पाउन सकिन्छ। तर महत्वपूर्ण काममा ढिलाइ हुन सक्छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    नयाँ अवसर प्राप्त हुन सक्छ। अध्ययन–अनुसन्धानमा प्रगति हुनेछ। परिवारबाट सहयोग मिल्नेछ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची)
    आत्मबल बढ्नेछ। धार्मिक तथा सामाजिक काममा रुचि बढ्नेछ। आर्थिक पक्ष मध्यम तर स्थिर रहनेछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar