३६ वर्षपछि विश्वकपमा स्कटल्यान्डको जित

  • कालिका खवर
  • आइतवार, जेष्ठ ३१, २०८३
  • काठमाडौं । फिफा विश्वकप–२०२६ मा स्कटल्यान्डले विजयी सुरुवात गरेको छ ।

    बोस्टन रंगशालामा नेपाली समय अनुसार आइतबार बिहान भएको खेलमा स्कटल्यान्डले हाइटीलाई १–० गोलले पराजित गरेको हो ।

    प्रतिस्पर्धात्मक खेलमा स्कटल्यान्डका लागि जोन म्याकगिनले २८ औं मिनेटमा गरेको गोल निर्णायक गोल बन्यो ।

    हाइटीमाथिको जितसँगै स्कटल्यान्डले ३६ वर्षपछि विश्वकपमा जितको खडेरी अन्त्य गर्‍यो अर्थात सन् १९९० पछि स्कटल्यान्डले पहिलो जित हात पार्‍यो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar