शिवम सिमेन्टको पहिलो त्रैमासमा व्यापार ९% बढ्यो, नाफा १६ गुणाले वृद्धि

  • कालिका खवर
  • आइतवार, कार्तिक ३०, २०८२
  • काठमाडौँ । शिवम सिमेन्टले चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासमा डेढ अर्ब रुपैयाँको व्यापार गरेको छ। कम्पनीले आइतबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार, तीन महिनामा व्यापार ९.०३ प्रतिशत वृद्धि भई १ अर्ब ५३ करोड ३३ लाख रुपैयाँ पुगेको हो। गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ४० करोड ६३ लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो।

    व्यापारमा वृद्धि भएपछि कम्पनीको नाफामा उल्लेखनीय उछाल आएको छ। गत वर्षको पहिलो त्रैमासमा १ करोड २७ लाख रुपैयाँ नाफा कमाएको शिवम सिमेन्टले चालु त्रैमासमा २० करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन १६.३८ गुणा वृद्धि हो। कम्पनीको कुल नाफा २१५.०७ प्रतिशत बढेर ३२ करोड ६५ लाख रुपैयाँ पुगेको छ।

    हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ रहेको छ भने जगेडा तथा कोषमा ५ अर्ब ३ करोड २ लाख रुपैयाँ राखिएको छ।

    कम्पनीका अन्य वित्तीय सूचकहरूमा—

    • प्रतिशेयर आम्दानी (EPS) : १५.३७ रुपैयाँ (पछिल्लो १४.३५ रुपैयाँ)

    • प्रतिशेयर नेटवर्थ : १९२.१८ रुपैयाँ

    यस नतिजाले शिवम सिमेन्टको व्यापार विस्तार र नाफा वृद्धिको रणनीतिक सफलता प्रकट गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar