डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ प्रायोजक, एनपीएलको तयारीमा उत्साह

  • कालिका खवर
  • बिहिबार, कार्तिक २७, २०८२
  • काठमाडौँ । डाबर नेपाल दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सको ‘एसोसियट प्रायोजक’ बनेको छ।

    बुधबार काठमाडौँमा डाबर नेपाल र सुदूरपश्चिम रोयल्सबीच औपचारिक सम्झौता सम्पन्न भएको हो। सम्झौता अनुसार, डाबर रेड पेस्ट र डाबर हनी सुदूरपश्चिम रोयल्स टिमसँग सहकार्य गर्दै एनपीएलमा जोडिने भएका छन्।

    सम्झौता कार्यक्रममा बोल्दै डाबर नेपालका मार्केटिङ प्रमुख अभय गोर्खालीले भने, “यो साझेदारीले नेपाल प्रिमियर लिगका शीर्ष टिममध्ये एक सुदूरपश्चिम रोयल्सलाई डाबर रेड पेस्ट – नेपालको नं. १ टूथपेस्ट ब्रान्ड तथा डाबर हनी – विश्वको नं. १ मह ब्रान्डसँग एकसाथ ल्याएको छ। हामी क्रिकेटको उत्साह र लाखौँ नेपाली उपभोक्ताको विश्वास मनाउने उत्साहजनक एनपीएल सिजनको प्रतीक्षा गर्दैछौं।”

    त्यसैगरी सुदूरपश्चिम रोयल्सका सीईओ प्रकाश खड्काले भने, “हामी हाम्रो टिमसँग डाबरजस्तो प्रतिष्ठित ब्रान्ड जोडिनुमा अत्यन्त खुशी छौं। यस साझेदारीले हाम्रो टोलीमा थप ऊर्जा, आत्मविश्वास र उत्साह भरेको छ।”

    यो सहकार्यसँगै एनपीएलको दोस्रो संस्करण अझ रोचक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar