हिमालयन डिष्टिलरीको नाफा ५४ प्रतिशतले घट्यो, बिक्री आम्दानीमा पनि उल्लेखनीय कमी

  • कालिका खवर
  • बिहिबार, कार्तिक २७, २०८२
  • काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा हिमालयन डिष्टिलरी लिमिटेडको खुद नाफा र बिक्री आम्दानी दुवै घटेका छन्।

    बिहीबार सार्वजनिक भएको अपरिष्कृत वित्तीय विवरणअनुसार, कम्पनीको खुद नाफा ५४.६१ प्रतिशतले घटेर ९ करोड २ लाख रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १९ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो।

    यस्तै, गत वर्षको असोज मसान्तसम्ममा कम्पनीले १ अर्ब ४८ करोड रुपैयाँ बराबरको कुल बिक्री आम्दानी गरेकोमा, चालु आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ७ करोड रुपैयाँ मात्र आम्दानी गर्न सकेको छ। यस अनुसार कम्पनीको आम्दानी २७.६४ प्रतिशतले घटेको देखिन्छ।

    नाफा र आम्दानी दुबै घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी (EPS) पनि घटेको छ। समीक्षा अवधिमा EPS १८ रुपैयाँ २ पैसा घटेर ११ रुपैयाँ ७५ पैसामा पुगेको छ।

    असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ ४ पैसा रहेको छ भने मूल्य–आम्दानी अनुपात (P/E ratio) १११.५२ गुणा रहेको कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar