साताको अन्तिम दिन नेप्सेमा झिनो सुधार, कारोबार रकममा भने गिरावट

  • कालिका खवर
  • बिहिबार, कार्तिक २७, २०८२
  • काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा झिनो सुधार देखिएको छ । हिजो २०.५६ अंकले घटेको बजारमा आज सामान्य सुधार देखिएको हो ।

    आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ०.३१ अंकले घटेर २५ सय ४४ दशमलव ९१ बिन्दुमा बन्द भएको छ।

    आज नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । आज ३२९ कम्पनीको ७६ लाख ५ हजार ५८४ कित्ता सेयर ३ अर्ब ४९ करोड ९८ लाख २१ हजार रूपैयाँमा कारोबार भएको छ ।

    हिजो ३२१ कम्पनीको ८४ लाख ४ हजार ६१६ कित्ता सेयर ३ अर्ब ८४ करोड ८५ लाख ८६ हजार रूपैयाँमा कारोबार भएको थियो ।

    यसदिन विकास बैंक, लगानी समुह, जीवन बीमा, उत्पादन तथा प्रशाेधन, निर्जीवन बीमा र अन्य समुहकाे सेयमूल्य घटेकाे छ भने बाँकी सबै समुहकाे सेयर बढेकाे छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar