सरकारले देशलाई चुनावतर्फ होइन संकटतर्फ लगिरहेको छ : महासचिव शंकर पोखरेल

  • कालिका खवर
  • बिहिबार, कार्तिक २७, २०८२
  • काठमाडौं, २७ कात्तिक । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारले देशलाई चुनावतर्फ होइन संकटतर्फ लैजाने बताएका छन् । लोकप्रिय पार्टीको नेतालाई स्थानहद गरेर चुनाव हुने नभइ मुलुकमा संकट निम्तिने पोखरेलले बताए ।

    नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले देशको संकट टार्न प्रतिनिधि सभाको पुनस्र्थापना गरेर त्यसका माध्यमबाट युवाहरुका मागलाई सम्बोधन गर्न सकिने बताएका छन् । ‘संविधानलाई सही बाटोमा ल्याएपछि चुनाव ०८४ मा नै पुर्याउनु पर्छ भन्ने छैन । अर्ली इलेक्सनमा जान सकिन्छ’ महासचिव पोखरेलले भन्नुभयो ‘यी सबै काम गर्नका लागि पहिलो शर्त प्रतिनिधि सभाको पुनस्र्थापना हो ।’

    महासचिव पोखरेलले केही मानिसहरुले दलहरु सिद्धिए । खासगरी एमाले सकियो भनेर बनाइएको भाष्य एमालेका वडा भेला र पालिकामा आयोजना गरिएका प्रदर्शनले खण्डित गरेको बताए ।

    ‘दलहरु सकिए भन्ने भाष्य अब खण्डित भइसक्यो । एमालेले २२ गते गरेको वडा भेला र २५ गते गरेको पालिका स्तरीय जनप्रदर्शनमा लाखौं मानिसहरु सडकमा आए’ पोखरेलले भने ‘जनताहरु एमालेको साथमा छन् भन्ने यो भन्दा ठुलो प्रमाण के हुन्छ ?’

    महासचिव पोखरेलले केही मान्छे सडकमा आँउदैमा सरकार ढल्ने, संविधानमा तलमाथी हुने हो भने एमालेले त दिनहुँ मान्छे सडकमा उतार्ने हैसियत राख्ने बताए । नवयुवाका नाममा भएको आन्दोलनमा ब्यापक घुसपैठ गराएर नेपाललाई राज्यविहिनताको अवस्थामा पुर्याउन खोजिएको पोखरेलको भनाइ थियो ।

    ‘यो प्रहार केपी ओलीलाई मात्र हो भनेर कोही पनि खुशी नहोउँ’ महासचिव पोखरेलले भने– ‘यो त नेपाललाई राज्यविहिन बनाउने, नेपाल र सारा नेपाली जनता माथी भएको प्रहारको रुपमा बुझ्नुपर्दछ । ’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar