पियोर एनर्जीको नाफा ७१ प्रतिशतले वृद्धि

  • कालिका खवर
  • मङ्लबार, कार्तिक २५, २०८२
  • काठमाडौं । पियोर एनर्जी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म उल्लेखनीय नाफा आर्जन गरेको छ। कम्पनीले सो अवधिमा ९० लाख ५ हजार रुपैयाँ बराबरको खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा आर्जन गरिएको ५२ लाख ५९ हजार रुपैयाँको तुलनामा ७१.२१ प्रतिशतले बढी हो।

    कम्पनीले पहिलो त्रैमाससम्म ६ करोड ५५ लाख रुपैयाँ बराबरको कुल आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको थियो।

    हाल आम्दानीमा सानो गिरावट देखिए पनि नाफाको दर वृद्धि हुनु कम्पनीको सञ्चालन दक्षता र खर्च व्यवस्थापन सुधारको सकारात्मक संकेतका रूपमा हेरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar