शिवम् सिमेन्टले डेडिकेटेड लाइनको बक्यौता तिर्न सुरु गर्‍यो

  • कालिका खवर
  • सोमवार, कार्तिक २४, २०८२
  • काठमाडौं । मकवानपुरको हेटौँडामा सञ्चालनमा रहेको शिवम् सिमेन्ट लिमिटेडले लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम तिर्न सुरु गरेको छ ।

    कम्पनीले २०७२ माघदेखि २०७५ वैशाखसम्म प्रयोग गरेको उक्त लाइनको बक्यौता रकम २८ किस्तामा तिर्ने व्यवस्था गरिएको छ । सोमबारदेखि सुरु गरिएको भुक्तानी अन्तर्गत २ करोड ३८ लाख रुपैयाँ पहिलो किस्ता बुझाएको शिवम् सिमेन्टले जनाएको छ ।

    शिवम सिमेन्टको कुल बक्यौता रकम ६६ करोड ८९ लाख रुपैयाँ रहेको छ । पहिलो किस्ता तिरेसँगै गत कात्तिक ४ गते विच्छेद गरिएको विद्युत लाइन सोमबार पुनः जडान गरिएको हो ।

    शिवम् सिमेन्टले बक्यौता रकम भुक्तान गर्दै जाने प्रतिबद्धता जनाएको छ, जसले कम्पनी र नेपाल विद्युत प्राधिकरणबीचको विवाद समाधानतर्फ सकारात्मक संकेत दिएको बताइन्छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar