महालक्ष्मी विकास बैंकका ग्राहकहरूलाई सिदार्थ हस्पिटालिटीसहितका विभिन्न सेवामा विशेष छुट

  • कालिका खवर
  • आइतवार, कार्तिक २३, २०८२
  • काठमाडौं। “सबल बैंक, सफल सहकार्य” भन्ने नारालाई आत्मसाथ गर्दै ३१ वर्षदेखि निरन्तर गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई थप सुविधा दिने उद्देश्यले सिदार्थ हस्पिटालिटीसहित विभिन्न संस्थासँग सम्झौता गरेको छ। बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग सहकार्य गर्दै आफ्ना डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरूलाई ती संस्थाहरूका सेवामा विशेष छुट उपलब्ध गराउने भएको छ। सम्झौता अनुसार, सिदार्थ हस्पिटालिटीका सम्पूर्ण आउटलेटहरूमा आवासमा २० प्रतिशत र खाना तथा पेय पदार्थमा १० प्रतिशत छुट, बन्दीपुर माउण्टेन रिसोर्ट र बन्दीपुर बजार घरमा खाना तथा आवासमा ७ प्रतिशत छुट, स्माइल ३६० डेण्टल क्लिनिकमा दन्त सेवामा २० प्रतिशत छुट र लन्जेभिटी हेल्थ होम, ललितपुरमा अकुपञ्चर, पञ्चकर्म, प्याथोलोजी तथा डक्टर चेकअप जस्ता सेवामा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिनेछ।

    बैंकका अनुसार, यस किसिमको सहकार्यबाट ग्राहकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने र डिजिटल माध्यमबाट सेवाको प्रयोगमा थप प्रोत्साहन हुने अपेक्षा गरिएको छ। साथै, बैंकले हालै आफ्ना क्रेडिट कार्ड वाहक ग्राहकहरूका लागि नयाँ सुविधा पनि सुरु गरेको छ, जसअन्तर्गत विभिन्न ट्राभल एजेन्सीमार्फत टुर प्याकेज खरिद गर्दा महालक्ष्मी बैंकको क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्न सकिनेछ। साथै, खरिद गरिएको टुर प्याकेजको रकम ६ महिना देखि १२ महिना भित्र मासिक किस्तामा भुक्तानी गर्न सकिने सुविधा पनि उपलब्ध गराइएको बैंकले जनाएको छ। यसले बैंकका ग्राहकहरूलाई अझ सहज, लचिलो र आकर्षक वित्तीय अनुभव प्रदान गर्ने विश्वास बैंकले व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar