काठमाडौंमा कार्तिक २४ देखि २९ गतेसम्म ‘हिरो सर्भिस तथा एक्सचेन्ज महामेला’ हुने

  • कालिका खवर
  • शुक्रबार, कार्तिक २१, २०८२
  • काठमाडाैं । हिरो मोटोकर्प नेपालले काठमाडौंको भृकुटीमण्डपमा कार्तिक २४ गतेदेखि २९ गतेसम्म विशेष ‘हिरो सर्भिस तथा एक्सचेन्ज महामेला’ आयोजना गर्ने भएको छ । यो मेलामा ग्राहकहरूले विभिन्न आकर्षक छुट र अफरहरू प्राप्त गर्न सक्नेछन् ।

    कार्यक्रम अन्तर्गत सर्भिस सेवामा लेबर चार्जमा ५० प्रतिशत छुट, स्पेयर पार्ट्स र ल्युबमा १५ प्रतिशत छुट, र ए.एम.सी. सर्भिसमा ३० प्रतिशत छुट प्रदान गरिनेछ । साथै, ग्राहकहरूले इन्जेक्टर क्लिनिङ, वासिङ, र हिरो मर्चेन्टाइज पनि निःशुल्क रूपमा पाउनेछन् ।

    एक्सचेन्ज अफर अन्तर्गत, हिरो टु हिरो एक्सचेन्जमा न्यूनतम मूल्याङ्कन रु. ३० हजार सहित रु. १५ हजारदेखि १ लाखसम्मको थप भ्यालु एडिसन पाउन सकिनेछ । त्यस्तै, अन्य ब्राण्ड टु हिरो एक्सचेन्जमा न्यूनतम मूल्याङ्कन रु. २५ हजार सहित रु. १५ हजारदेखि १ लाखसम्मको अतिरिक्त भ्यालु एडिसन उपलब्ध हुनेछ ।

    मेलाको अवधिमा नयाँ हिरो मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकहरूले रु. ८ हजारदेखि १ लाखसम्मको डिस्काउन्ट, साथै फ्रि एसेसरीज—हेल्मेट, बाइक कभर, र ग्लोभ्स प्राप्त गर्न सक्नेछन् ।

    ग्राहकहरूको सहजताका लागि नागरिकताकै भरमा सरल फाइनान्स सुविधा पनि उपलब्ध हुनेछ ।

    यसबाहेक, दैनिक लक्की ड्र मार्फत एक जना ग्राहकले फुलफेस हेल्मेट जित्ने मौका पाउनेछन् भने, मेलाको अन्त्यमा सबै आगन्तुकहरूबाट गरिएको लक्की ड्रद्वारा एक जनाले नथिङ स्मार्टफोन जित्न सक्ने अवसर पाउनेछन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar