प्राइम कमर्सियल बैंकको नाफामा २.२० प्रतिशत गिरावट

  • कालिका खवर
  • शुक्रबार, कार्तिक २१, २०८२
  • काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको नाफामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सामान्य गिरावट आएको छ। बैंकले तीन महिनामा १ अर्ब २५ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

    बैंकले आज सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार, सोही अवधिमा बैंकको खुद नाफा २.२० प्रतिशतले घटेको हो। गत आवको असोज मसान्तसम्म बैंकले १ अर्ब २८ करोड ६७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

    यद्यपि, समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा भने वृद्धि भएको छ। बैंकको सञ्चालन मुनाफा १३.५४ प्रतिशतले र खुद ब्याज आम्दानी ३.२४ प्रतिशतले बढेको छ।

    असोज मसान्तसम्म बैंकको सञ्चालन मुनाफा २ अर्ब ७ करोड ५८ लाख रुपैयाँ पुगेको छ भने खुद ब्याज आम्दानी २ अर्ब ४० करोड ७४ लाख रुपैयाँ पुगेको छ। गत आवको सोही अवधिमा यी रकम क्रमशः १ अर्ब ८२ करोड ८३ लाख रुपैयाँ र २ अर्ब ३३ करोड १८ लाख रुपैयाँ रहेका थिए।

    समीक्षा अवधिमा बैंकको खराब कर्जा (NPL) दर ४.८६ प्रतिशतबाट बढेर ५.८६ प्रतिशत पुगेको छ। त्यस्तै, बैंकको प्रतिशेयर आम्दानी (EPS) २६ रुपैयाँ ५३ पैसाबाट घटेर २५ रुपैयाँ ९४ पैसा पुगेको छ।

    प्राइम कमर्सियल बैंकको चुक्ता पूँजी १९ अर्ब ४० करोड २५ लाख रुपैयाँ रहेको छ। बैंकको जगेडा कोषमा ३ अर्ब ४ करोड ४६ लाख रुपैयाँ र रिजर्भ कोषमा १२ अर्ब ३४ करोड ५७ लाख रुपैयाँ सञ्चिति रहेको विवरणमा उल्लेख छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar