राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब बराबरको ‘६% आरबिबिएल डिबेञ्चर २०८९’ निष्कासनका लागि कुमारी क्यापिटल नियुक्त

  • कालिका खवर
  • बिहिबार, कार्तिक २०, २०८२
  • काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ‘६% आरबिबिएल डिबेञ्चर २०८९’ ऋणपत्र निष्कासनका लागि कुमारी क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

    बिहीबार बैंकको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

    ऋणपत्रको कुल ३० लाख कित्ता मध्ये ६० प्रतिशत अर्थात् १८ लाख कित्ता (रु. १ अर्ब ८० करोड) संस्थागत तथा व्यक्तिगत तवरबाट (प्राइभेट प्लेसमेन्ट) र बाँकी ४० प्रतिशत अर्थात् १२ लाख कित्ता (रु. १ अर्ब २० करोड) सर्वसाधारणका लागि निष्कासन गरिनेछ।

    उक्त ऋणपत्रको अंकित मूल्य प्रतिकित्ता रु. १,००० रहँदै वार्षिक ६ प्रतिशत ब्याजदर र ७ वर्षको अवधी रहने जनाइएको छ।

    राष्ट्रिय वाणिज्य बैंकले देशभर ३१० शाखामार्फत आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ। “तपाईंको आफ्नै बैंक” भन्ने नारासहित, बैंकले प्रविधिमैत्री सेवासँगै छिटोछरितो र पारदर्शी बैंकिङ सेवाप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar