नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको नयाँ विनिमय दर

  • कालिका खवर
  • मङ्लबार, कार्तिक १८, २०८२
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले आज विदेशी मुद्राको नयाँ विनिमय दर सार्वजनिक गरेको छ। आज तोकिएको दरअनुसार, एक अस्ट्रेलियन डलरको खरिददर ९२ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९३ रुपैयाँ २३ पैसा रहेको छ। त्यस्तै, एक क्यानेडियन डलरको खरिददर १०० रुपैयाँ ९४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ३६ पैसा तोकिएको छ।

    युरोपियन युरो र युके पाउन्ड स्टर्लिङको दरमा पनि परिवर्तन देखिएको छ। एक युरोपियन युरोको खरिददर १६३ रुपैयाँ २५ पैसा र बिक्रीदर १६३ रुपैयाँ ९४ पैसा निर्धारण गरिएको छ। त्यस्तै एक युके पाउन्ड स्टर्लिङको खरिददर १८६ रुपैयाँ १९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९८ पैसा कायम गरिएको छ।

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले तोक्ने विनिमय दरमा केही फरक हुनसक्ने र अद्यावधिक विनिमय दर राष्ट्र बैंकको आधिकारिक वेबसाइटमा हेर्न सकिने जानकारी पनि दिएको छ।

    नेपालको आयात-निर्यात कारोबार र अन्तर्राष्ट्रिय वित्तीय कारोबारमा विदेशी मुद्राका विनिमय दर परिवर्तनको प्रत्यक्ष प्रभाव पर्ने भएकाले यो दर अत्यन्तै महत्त्वपूर्ण मानिन्छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar