घुँगी खोज्न जाँदा एक जनाको मृत्यु

  • कालिका खवर
  • शनिबार, कार्तिक १५, २०८२
  • चितवन, १५ कात्तिक । घुँगी खोज्न गएका एक जनाको मृत्यु भएको छ । माडी नगरपालिका–१ निवासी ६५ वर्षीय बुद्विराम बोट घुँगी खोज्न जाँदा मृत्यु भएको हो । बोट रिउ खोलामा घुँगी खोज्न शुक्रबार दिउँसो निस्किएका थिए ।

    बोटको आज बिहान रिउ खोलाको किनारमा दलदलमा शव भेटिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार शवको परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar