सर्पको टोकाइबाट बालकको मृत्यु

  • कालिका खवर
  • शनिबार, कार्तिक ८, २०८२
  • दमक (झापा), ८ कात्तिक । सर्पको डसाइबाट झापाको शिवसताक्षीमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–७ लालपानी बस्ने मनकुमार तामाङका पाँच वर्षीय छोरा सक्षम तामाङ रहेका छन् । घर नजिकैको बाँसको झ्याङ नजिक खेलिरहेको अवस्थामा उनको बायाँ खुट्टामा विषालु गोमन सर्पले टोकेको थियो ।

    खुट्टामा चोट लागेर बेहोस भएपछि बालकलाई उपचारका लागि विर्तासिटी अस्पताल बिर्तामोड ल्याइएको थियो । बालक खेलेको ठाउँ नजिकै गोमन सर्प फेला परेपछि सर्पले डसेको शङ्का गरिएको थियो । शुक्रबार साँझ ५ः०० बजेतिर नेपाली सेनाको सर्पदंश केन्द्र चारआलीतर्फ लैजाने क्रममा ती बालकको बाटोमा नै मृत्यु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar