कार्गो विमान धावनमार्गबाट चिप्लिएर समुद्रमा खस्दा दुई जनाको मृत्यु

  • कालिका खवर
  • सोमवार, कार्तिक ३, २०८२
  • काठमाडौं : हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट एउटा कार्गो विमान चिप्लिएर समुद्रमा खस्दा दुईजनाको मृत्यु भएको छ । एमिरेट्सको एरोट्रान्सकार्गोको रूपमा सञ्चालित उडान ईके ९७८८ दुबईबाट आउँदै गर्दा स्थानीय समयअनुसार बिहान करिब ०३:५० बजे उत्तरी धावनमार्गमा एउटा गाडीमा ठोक्किएको थियो । सन्तुलन गुमाएपछि विमान सिधै समुद्रमा खसेको थियो ।

    दुर्घटनामा विमानस्थलका दुई ग्राउन्ड स्टाफ समुद्रमा खसेका थिए । उनीहरूलाई उद्धार गरिएको थियो तर अस्पतालमा मृत्यु भयो । विमानमा सवार चार जना चालक दलका सदस्यहरू सुरक्षित छन् र उनीहरूको उपचार भैरहेको छ । घटनापछि, उत्तरी रनवे बन्द गरिएको छ, जबकि विमानस्थलका अन्य दुई धावनमार्गमा उडानहरू जारी रहेको बीबीसीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar