गुल्मीमा एक पुरुष मृत अवस्थामा फेला

  • कालिका खवर
  • आइतवार, कार्तिक २, २०८२
  • गुल्मी : गुल्मी जिल्लामा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको धुर्कोट गाउँपालिका– ६ रजस्थल नियालपानीका ६३ वर्षीय मीनबहादुर घर्ती मृत फेला परेका हुन् । उनी हिजोदेखि घर नआएको र स्थानीयले खोज्दै जाँदा मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    प्रहरीले शवलाई पोस्टमार्टमका लागि तम्घास पठाउने तयारी गरिरहेको छ । घटनाका बारेमा थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar