टी-२० विश्वकप छनोट : नेपाल आज कुवेतसँग खेल्दै

  • कालिका खवर
  • बुधबार, अशोज २२, २०८२
  • काठमाडौं : आईसीसी टी-२० विश्वकप एसिया र इस्ट एसिया पेसिफिक छनोटअन्तर्गत नेपालले आज आफ्नो पहिलो खेलमा कुवेतसँग खेल्दैछ। ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीमा हुने खेल नेपाली समयअनुसार बेलुका ८:४५ बजेदेखि सुरु हुनेछ। यो छनोटमा कूल ९ टोलीले प्रतिस्पर्धा गर्दैछन्।

    ती ९ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ। समूह ए मा मलेसिया, कतार र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् भने समूह बी मा नेपाल, जापान र कुवेत रहेका छन्। त्यस्तै समूह सी मा ओमान, पपुवा न्यूगिनी र सामोआ रहेका छन्।

    हरेक समूहका शीर्ष दुई टोली सुपर सिक्समा पुग्नेछन्। सुपर सिक्समा पुगेपछि शीर्ष स्थानमा रहेका तीन टोलीले विश्वकप खेल्नेछन्। नेपालले शुक्रबार जापानसँग दोस्रो खेल खेल्ने छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar