छोराले धारिलो हतियार प्रहार गर्दा आमाको मृत्यु

  • कालिका खवर
  • सोमवार, अशोज २०, २०८२
  • काठमाडौं : धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीमा छोराले धारिलो हतियार प्रहार गर्दा आमाको मृत्यु भएको छ। आइतबार राति करिब ९ बजे गोपबहादुर कडेलका ३० वर्षीय छोरा यमबहादुर कडेलले आफ्नी आमा ५५ वर्षीया राममाया कडेलमाथि धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन्।

    घटनाबारे जानकारी प्राप्त लगत्तै प्रहरी चौकी सल्यानकोटबाट प्रहरी सहायक निरीक्षक दिनेश खड्काको कमाण्डमा टोली खटिएको थियो। प्रहरीले घटनास्थलमै छोरालाई हतियारसहित नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar