प्राधिकरणले थप उडान अनुमतिका लागि सहजीकरण गर्ने

  • कालिका खवर
  • बिहिबार, अशोज ९, २०८२
  • काठमाडौँ । दसैँ, तिहार तथा छठलगायतका चाडपर्वमा यात्रुहरूलाई सहज हवाई यातायात उपलब्ध गराउन नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीलाई थप उडान अनुमतिका लागि सहजीकरण गर्ने भएको छ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्राधिकरणका पदाधिकारीहरू सहित सरोकारवालाको उपस्थितिमा बुधबार सिनामंगलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा भएको छलफलमा यस्तो निर्णय भएको हो।

    छलफलमा सहभागी वायुसेवा कम्पनीहरूले स्वीकृत उच्चतम भाडादरभन्दा कममा टिकट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। माग अनुसार यात्रुको चाप बढ्ने सम्भावना भएकाले प्राधिकरणले सुरक्षाको प्रत्याभूतिसहित वायुसेवा कम्पनीलाई आवश्यक थप उडान अनुमतिका लागि सहजीकरण गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar