पोखरामा आजदेखि सहुलियत छुट मूल्य पसल

  • कालिका खवर
  • सोमवार, भदौ ३०, २०८२
  • गण्डकी, ३० भदौ । पोखरामा आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन हुने भएको छ ।

    नजिकिँदै गरेका दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी आजदेखि कात्तिक १० गतेसम्मका सहुलियत पसल सञ्चालन गर्न लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गण्डकी प्रदेश कार्यालय, पोखराका प्रमुख कौशल घिमिरेले जानकारी दिए ।

    उनका अनुसार पोखराको विरौटास्थित प्रादेशिक कार्यालयमा बिहान १०ः०० देखि दिउँसो ५ः०० बजेसम्म सहुलियत पसल सञ्चालन हुनेछ ।

    कार्यालयले सहुलियतस्वरूप प्रतिकिलो पाँच रुपैयाँ छुटसहित स्टिम जिरा मसिनो चामल प्रतिकिलो ८३ रुपैयाँ, अरुवा सोना मनसुली चामल प्रतिकिलो ५९ रुपैयाँ, स्टिम जिरा मसिनो चामल (एफआर) प्रतिकिलो ८५ रुपैयाँ, अरुवा सोना मनसुली चामल (एफआर) प्रतिकिलो ५९ रुपैयाँ, चिनी प्रतिकिलो ९५ रुपैयाँ र जेठो बुढो चामल प्रतिकिलो २४५ रुपैयाँमा उपलब्ध गराउने जनाइएको छ ।

    त्यस्तै, प्रतिकिलो १० रुपैयाँ छुटसहित अरुवा बास्मती चामल प्रतिकिलो १२० रुपैयाँ, चिनो प्रतिकिलो २५५ रुपैयाँ, कागुनो प्रतिकिलो २५५ रुपैयाँ र जुम्ली मार्सी प्रतिकिलो २२५ रुपैयाँमा उपलब्ध गराइने उनले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar