दशैं–तिहार लक्षित सेन्साइको उपहार योजना: २५% क्यास ब्याकदेखि मोटरसाइकल जित्ने अवसर

  • कालिका खवर
  • शुक्रबार, भदौ २०, २०८२
  • काठमाडौं। जापानी प्रविधिमा आधारित घरेलु उपकरण ब्राण्ड सेन्साइ ले यसपालिको दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै विशेष उपहार योजना सार्वजनिक गरेको छ।

    यस अफरअन्तर्गत ग्राहकहरूले सेन्साइको कुनै पनि घरायसी सामान खरिद गर्दा २५ प्रतिशतसम्म क्यास ब्याक, पक्का उपहारको सुविधा पाउने छन्। साथै मासिक उपहारका रूपमा सेन्साइ वासिङ मेसिन र बम्पर उपहारमा हिरो स्प्लेन्डर मोटरसाइकल जित्ने अवसर पनि उपलब्ध हुनेछ।

    योजनामा सहभागी हुनका लागि ग्राहकहरूले खरिदपछि विज्ञापनमा दिइएको क्यूआर कोड स्क्यान गरी आफ्नो विवरण पठाउनुपर्ने कम्पनीले जनाएको छ।

    यसैगरी, ४३ इन्चसम्मको टिभी खरिदमा आकर्षक क्यास ब्याक, त्यसभन्दा माथिका टिभीमा सावोमिको पोर्टेबल स्पिकर उपहार पाइनेछ। रेफ्रिजेरेटर, भ्याकुम क्लिनर र डिप फ्रीजरमा क्यास ब्याक सुविधा उपलब्ध हुनेछ भने वासिङ मेसिनमा ३–६ केजीसम्म यरियल उपहार स्वरूप प्रदान गरिनेछ।

    ग्राहकहरूले यी सामग्रीहरूलाई शून्य प्रतिशत इएमआईमा केवल नागरिकता प्रमाणपत्रको आधारमा खरिद गर्न सक्नेछन्। पुराना सामानको उच्च मूल्याङ्कनमा एक्सचेन्ज गर्ने सुविधा पनि पाउनेछन्। सेन्साइको टिभी खरिद गर्दा थप रूपमा ९ महिनाको निःशुल्क नेट टिभी सदस्यता समेत उपलब्ध हुने कम्पनीले जनाएको छ।

    सेन्साइले हरेक चाडपर्वमा विशेष योजना ल्याउने परम्परा यसपालि पनि निरन्तरता दिएको छ। अफर भाद्र १९ गतेदेखि नेपालभरका सिजी शोरुम तथा आधिकारिक विक्रेतामा लागू हुनेछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar