नाडाको विशेष साधारण सभा स्थगित

  • कालिका खवर
  • शुक्रबार, भदौ २०, २०८२
  • काठमाडौं। नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)को आगामी विशेष साधारण सभा हाललाई स्थगित गरिएको छ । बिहीबार बसेको नाडाको २२औं केन्द्रीय कार्य समितिको बैठकले विशेष साधारण सभा स्थगित गर्ने निर्णय गरेको हो ।

    यसअघि विशेष साधारण सभा यही भदौ २४ गते मंगलबारका दिन ललितपुरको झम्सिखेलस्थित ‘द प्लाजा’मा आयोजना गर्ने तय गरिएको थियो । तर, अब अर्को सूचना प्रकाशित नभएसम्मका लागि सभा सारिएको नाडाले जनाएको छ ।

    नाडाले उपयुक्त समयमा विशेष साधारण सभाको नयाँ मिति र स्थानबारे पुनः जानकारी गराउने जनाएको छ ।

    नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल देशभरका अटोमोबाइल व्यवसायीहरूको छाता संस्था हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar