नेपाल इन्भेस्टमेण्ट मेगा बैंक र मेडिकल एसोसिएसनबीच ऐतिहासिक सम्झौता, चिकित्सकहरुलाई विशेष छुट

  • कालिका खवर
  • बुधबार, भदौ १८, २०८२
  • काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड र नेपाल मेडिकल एसोसिएसन (NMA) बीच व्यावसायिक सम्झौता भएको छ।

    बैंकले नेपाल मेडिकल एसोसिएसनका सदस्यहरुलाई विभिन्न सेवाहरुमा विशेष छुट दिने उद्देश्यले यो सम्झौता गरेको हो। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री ज्योति प्रकाश पाण्डे र मेडिकल एसोसिएसनका अध्यक्ष डा. अनिल बिक्रम कार्कीबाट यस सम्झौतामा हस्ताक्षर भएको छ।

    यस सम्झौताअनुसार, एसोसिएसनका सम्पूर्ण सदस्यहरुले बैंकको २७५ वटा शाखाहरु मार्फत प्रोफेशनल बचत खाता खोलेर दस लाख सम्मको दुर्घटना बिमा सुविधा, व्यावसायिक कर्जा, साना तथा मझौला कर्जा, क्लिनिकल कर्जा, व्यक्तिगत कर्जा, सवारी तथा घर कर्जा, डेबिट/क्रेडिट कार्ड र मोबाइल बैंकिङ जस्ता सेवाहरुमा विशेष छुट पाउनेछन्।

    बैंकका प्रमुख कार्यकारी अधिकृत श्री पाण्डेले यस सम्झौताबाट नेपाल मेडिकल एसोसिएसनका सदस्यहरुले प्रत्यक्ष रुपमा लाभान्वित हुने बताउनुभयो। यसले गर्दा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई व्यापक र सुविधाजनक बैंकिङ सेवा प्रदान गर्ने बैंकको प्रतिबद्धता पनि जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar