महालक्ष्मी विकास बैंक ‘सम्पत्ति गुणस्तर’ अवार्डबाट सम्मानित

  • कालिका खवर
  • बुधबार, भदौ १८, २०८२
  • काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेड भारतको इन्डियन चेम्बर अफ कमर्सद्वारा ‘सम्पत्ति गुणस्तर’ (Asset Quality) विधामा सम्मानित भएको छ।

    बैंकले यो सम्मान अगस्ट २९, २०२५ मा नयाँ दिल्लीमा आयोजित “तेस्रो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्ड्स” कार्यक्रममा प्राप्त गरेको हो। बिमस्टेक (BIMSTEC) क्षेत्रको यो प्रतिष्ठित कार्यक्रममा भारत, श्रीलंका, नेपाल, म्यानमार, र बंगलादेशका बैंकहरूको सहभागिता रहेको थियो।

    बैंकले सम्पत्तिको संरचना, यसको प्रभावकारी परिचालन, र गुणस्तर सुधारमा गरेको उल्लेखनीय कार्यको कदर गर्दै यो अवार्ड प्रदान गरिएको हो। बैंकले यो सम्मानबाट अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

    हालै मात्र महालक्ष्मी विकास बैंकले भारतको अग्रणी वित्तीय संस्था एचडीएफसी (HDFC) बैंकसँग सीमापार वित्तीय सेवालाई बढावा दिन र भारतबाट नेपालमा भुक्तानी प्रणाली सञ्चालन गर्नका लागि समझदारी पनि गरेको छ ।

    यस समझदारी अनुसार, महालक्ष्मी विकास बैंकका ग्राहकहरूले भारतबाट सजिलै नेपालमा भुक्तानी गर्न सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar