शिक्षा, सिप र श्रमलाई सम्मान : चितवनमा ‘तीज विशेष साँस्कृतिक कार्यक्रम–२०८२ एवं खुल्ला तीज नृत्य प्रतियोगिता’ सम्पन्न

  • कालिका खवर
  • मङ्लबार, भदौ १७, २०८२
  • निराज रानाभाट, चितवन । सरिता ईभेन्टसको आयोजनामा हरितालिका तीजको अवसरमा चितवनको भरतपुर महानगरपालिका–२६, ज्योतिनगर हाटबजार परिसरमा ‘शिक्षा, सिप र श्रमलाई सम्मान, नारी उद्यमशीलता हाम्रो अभियान’ भन्ने मूल नाराका साथ ‘तीज विशेष साँस्कृतिक कार्यक्रम–२०८२ एवं खुल्ला तीज नृत्य प्रतियोगिता’ भव्य रूपमा सम्पन्न भएको छ।

    कार्यक्रमको सभाध्यक्ष सरिता ईभेन्टसकी अध्यक्ष सरिता आचार्य रहनुभएको थियो भने प्रमुख अतिथि भरतपुर महानगरपालिका–२६ का वडा अध्यक्ष ज्ञान प्रसाद खनाल हुनुहुन्थ्यो। विशिष्ट अतिथिहरूमा वडा सदस्य सावित्री कोइराला ढकाल, सचिव रामकृष्ण ढकाल, वडा सदस्य प्रकाश सुवेदी, रामकृष्ण चौधरी, सीता दर्जी, वडा नं. २३ का अध्यक्ष दीपक दवाडी, उद्योग परिसंघ महिला समिति (बाग्मती प्रदेश) की अध्यक्ष चन्दना कोइराला, बजार व्यवस्थापन समितिका अध्यक्ष प्रेमकान्त सापकोटा, हाटबजार समितिका अध्यक्ष राजु श्रेष्ठ र इलाका प्रहरी कार्यालय चनौलीका प्रमुखलगायतको सहभागिता रहेको थियो।

    साँस्कृतिक कार्यक्रमलाई थप भव्य बनाउन गायक अनिल सुनार, सुमन रोक्का र चन्द्रा अर्यालले विशेष प्रस्तुति दिएका थिए। सोही अवसरमा आयोजित खुल्ला तीज नृत्य प्रतियोगितामा मिलन इग्लिस बोर्डिङ स्कुल प्रथम, सन्ध्या चौधरी/रचना सुनार द्वितीय, सिम्रन सुवेदी तृतीय र रसिका ढकाल सान्त्वना भएकी थिइन्। विजेताले क्रमशः नगद ५ हजार, ३ हजार, २ हजार र १ हजारसहित प्रमाणपत्र प्राप्त गरेका थिए।

    कार्यक्रममा प्रदेश बाल अधिकार समितिकी सदस्य मञ्जु खाड ठकुरी, महिला उद्यमी प्रवर्द्धन समितिकी अध्यक्ष अस्मिता तिमिल्सिना रिजाल, समाजसेवी लता खड्का, व्यवसायी लोकनाथ भट्ट, नवीन कँडेल, रामचन्द्र सापकोटा, सञ्चारकर्मी निराज रानाभाटलगायतको उपस्थिति उल्लेखनीय रहेको थियो। कार्यक्रमको संरक्षक भरतपुर महानगरपालिका वडा नं. २६ कार्यालय रहेको थियो भने सह–आयोजकमा ज्योतिनगर बजार व्यवस्थापन समिति र हाटबजार व्यवस्थापन समिति थिए।

    उक्त कार्यक्रमलाई आरती ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर, प्रकृति कपास उद्योग, होटल जमघट, सोफा हव चितवनले मुख्य प्रायोजकका रूपमा सहयोग गरेका थिए भने बिमला ब्युटी पार्लर, लम्साल इन्टरप्राइजेज्, रोशन होमियोप्याथिक, एभरेष्ट ट्राभल एण्ड कुरियरसहितका सह–प्रायोजक रहेका थिए। जन अपडेट डटकमलगायतका मिडियाले कार्यक्रमलाई मिडिया पार्टनरका रूपमा साथ दिएका थिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar