नेपालमा अन्तर्राष्ट्रिय स्तरको थोक कृषि बजार आवश्यक : ढकाल

  • कालिका खवर
  • शुक्रबार, भदौ १३, २०८२
  • काठमाडौं । कृषिमा देखिएका समस्या समाधान गर्ने उद्देश्यले २०७५ सालमा मुक्तिनाथ कृषि कम्पनी स्थापना गरिएको कम्पनीका प्रबन्ध निर्देशक भरतराज ढकालले बताएका छन् ।

    शुक्रबार काठमाडौंको लाजिम्पाटमा कम्पनीको आयोजनामा सम्पन्न आधुनिक थोक कृषि बजारसम्बन्धी कार्यशाला कार्यक्रममा सम्बोधन गर्दै ढकालले कृषि चक्र निर्माण नभएसम्म समस्या समाधान नहुने उल्लेख गरे । उनले नेपालमा अन्तर्राष्ट्रिय स्तरको थोक बजार अपरिहार्य भएको जिकिर गर्दै उत्पादनदेखि बजारसम्म युवालाई जोड्न नसक्दा विदेश पलायन बढिरहेकोप्रति चिन्ता व्यक्त गरे ।

    “भाषणले मात्र युवा पलायन रोकिँदैन, युवालाई कृषिमा आकर्षित गर्ने व्यावहारिक कार्यक्रम आवश्यक छ,” ढकालले भने । उनले कृषि क्षेत्रलाई बलियो बनाउन बजार, उद्योग र उत्पादन गुणस्तरीय बनाउन कृषि प्रशोधन केन्द्र स्थापना अपरिहार्य रहेको पनि जोड दिए ।

    मुक्तिनाथ कृषि कम्पनीले स्थापना कालदेखि नै कृषि क्षेत्रका समस्या पहिचान गरी सरकारलाई सुझाव पेस गर्ने र समाधानको दिशा निर्देश गर्ने काम गर्दै आएको ढकालले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar