१४ लाख ५० हजारसहित विराटनगरबाट एक जना पक्राउ

  • कालिका खवर
  • मङ्लबार, अशोज ७, २०८२
  • मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङले स्रोत नखुलेको १४ लाख ५० हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। मंगलबार दिउँसो करिब १:३० बजे विराटनगर महानगरपालिका वडा नं. १७ स्थित अस्थायी प्रहरी पोस्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको को. ३८ प. ५८५१ नम्बरको मोटरसाइकललाई शङ्का लागेर रोकेको थियो।

    चेकजाँच गर्दा मोटरसाइकल चालक विराटनगर महानगरपालिका वडा नं. १८ का ४१ वर्षीय वीरेन्द्र साहले लुकाइछिपाई ल्याएको १४ लाख ५० हजार रुपैयाँ फेला पारेको प्रहरीले जनाएको छ। प्रहरी नायव उपरीक्षक कोपिला चुडालले उक्त रकम, मोटरसाइकलसहित साहलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान गरिरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar