युक्रेनमा भएको रूसी आक्रमणमा ३ जनाको मृत्यु

  • कालिका खवर
  • बुधबार, माघ १४, २०८२
  • किभ । युक्रेनमा भएको रूसी आक्रमणमा ३ जनाको मृत्यु हनुका साथै धेरै घाइते भएको अधिकारीहरूले बुधबार बताएका छन् । युक्रेनी अधिकारीहरूका अनुसार रेलमा लक्षित ड्रोन आक्रमणले पाँच यात्रुसहित मङ्गलबार युक्रेनभरि कम्तीमा १२ जनाको ज्यान लिएको केही घण्टापछि यो आक्रमण भएको हो ।

    युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बमबारीले शान्ति प्रयासलाई कमजोर बनाएको उल्लेख गर्दै युद्ध अन्त्य गर्न मस्को माथि दबाब बढाउन सहयोगीहरूलाई आग्रह गरेका छन् । “बिलोगोरोद्स्का समुदायमा, एक पुरुष र एक महिलाको आक्रमणको कारण मृत्यु भएको किएभ क्षेत्रका सैन्य प्रशासनका प्रमुख माइकोला कलाश्निकले टेलिग्राम मार्फत जनाएका छन् ।

    युक्रेन प्रहरीले पछिल्लो बयानमा मृत दम्पतीको चार वर्षीय बच्चासहित आक्रमणमा अन्य तीन जना घाइते भएको बताएको छ । क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेक्सान्डर गान्जमका अनुसार मध्य ड्निप्रोपेट्रोभस्क क्षेत्रमा भएको ड्रोन आक्रमणमा एक व्यक्तिको मृत्यु हुनुका साथै पाँच जना घाइते भएका छन् ।

    अमेरिकी सयोजकत्वमा गत हप्ता संयुक्त अरब इमिरेट्समा द्वन्द्व अन्त्य गर्ने उद्देश्यले रूस र युक्रेनी वार्ताकारहरू विच छलफल भए पछि धेरै युक्रेनीहरूलाई अत्यधिक चिसो र जाडोको समयमा उर्जा विहीन बनाउन घातक आक्रमणहरु जारी रहेको जनाइएको छ । जेलेन्स्कीका अनुसार अर्को चरणको वार्ताआगामी फेब्रुअरी– १ मा हुने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar