विराटनगरमा बसको ठक्करबाट एक वृद्धाको मृत्यु

  • कालिका खवर
  • बुधबार, माघ ७, २०८२
  • विराटनगर । विराटनगर–४ स्थित कञ्चनबारीमा बुधबार दिउँसो बसको ठक्करबाट ७५ वर्षीया एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा विराटनगर–४ की स्थायी बासिन्दा डम्बरकुमारी नेपाल रहेकी छन् । कोशी लोकमार्गमा बाटो काट्ने क्रममा उनलाई प्रदेश ०३–००१ ख ३३९९ नम्बरको बसले ठक्कर दिएको थियो।

    दिउँसो करिब ३ः १५ बजे भएको दुर्घटनामा गम्भीर घाइते भएकी नेपाललाई उपचारका लागि कोशी अस्पताल पुर्‍याइए पनि चिकित्सकले तत्कालै मृत घोषित गरेका थिए । मोरङ प्रहरीले ठक्कर दिने बस र चालक झापाका ३८ वर्षीय समिर लुइँटेललाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar