‘विप्लव’ नेतृत्वको नेकपाद्वारा भृकुटीमण्डपमा आज जनसभा

  • कालिका खवर
  • बिहिबार, कार्तिक २०, २०८२
  • काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज (कात्तिक २०) दिउँसो राजधानीको भृकुटीमण्डपमा ‘जनप्रदर्शन’सहितको ‘जनसभा’ आयोजना गर्दै छ । आगामी चुनावमा होमिने तयारीसहित निर्वाचन आयोगमा पार्टी दर्ता गराइसकेको नेकपाको यो जनसभालाई राजनीतिक रूपमा महत्त्वका साथ हेरिएको छ ।

    नेकपाले यो सभामार्फत् राजनीतिक मार्गरेखा र आगामी योजनाबारे जनता समक्ष स्पष्ट गर्ने अपेक्षा गरिएको छ । जनप्रदर्शनको पनि आयोजना गरिन लागेकोले काठमाडौंको मुलुकै पुरानो राजनीतिक सभास्थल भृकुटीमण्डपमा आज उल्लेख्य भीड हुने अनुमान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar