विघटित संसद् पुनर्स्थापनाको माग राखेर एमाले अगाडि बढ्छ : केपी ओली

  • कालिका खवर
  • बिहिबार, अशोज २३, २०८२
  • काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विघटित संसद् पुनर्स्थापनाको माग राखेर अगाडि बढ्ने बताएका छन् । भक्तपुरस्थित गुण्डुमा बिहीबार आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले संसद् पुनर्स्थापनाको विकल्प नभएको बताएका हुन् ।

    ‘देशलाई सही बाटोमा फर्काउनका लागि असंवैधानिक ढङ्गले विघटन गरिएको संसद् तत्काल फिर्ता गर्ने मागलाई अगाडि राखेर नै अगाडि बढ्ने बाहेक अर्को विकल्प छैन । मैले विश्वास लिएको छु, नेपाली कांग्रेसले पनि यही बाटोमा आफूलाई अगाडि बढाउने छ । नेकपा एमाले यही बाटोमा अगाडि बढ्ने छ । अरू पार्टीहरू पनि यही बाटोमा अगाडि बढ्ने छन्’, उनले भने ।

    ओलीले जेनजी विद्रोहलाई भुईँफुट्टा तत्त्व निकालेर शासनका कुरा गरेको भन्दै आपत्ति जनाए । साथै देशलाई संवैधानिक प्रणालीमा ल्याउन अर्को बाटो नभएको उनले जिकिर गरे । उनले भने– ‘भुईँफुट्टा तत्त्व निकालेर शासनका कुरा गर्न खोज्ने ? देशलाई लोकतान्त्रिक प्रणालीमा फर्काउन अर्को बाटो छैन । त्यसो गरेनौँ, असंवैधानिक र अलोकतान्त्रिक कदमहरू, क्रियाकलापहरूलाई हामीले स्विकारेर मान्यता दिएर अगाडि बढ्न खोज्यौँ भने देश बर्बादमा पुग्छ ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar